तिहारमा घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

| 2018 Nov 10 | 05:29 pm 2672

भद्रपुर, कात्तिक २४-झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गरेका छन्।

मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गरेका हुन। उनले डिएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसाय गर्दै आएका छन्।

उनले लक्ष्मीपूजाको दिन फूलको माला पाँच हजार ५०० थान, ६६ हजार थुँगा र ५०० गुच्छा घरबाटै बिक्री भएको बताए। माला प्रतिथान रु ५०, थुँगा प्रतिवटा रु एक र गुच्छा रु १५ का दरले बिक्री भएको थियो ।

तिहारलाई लक्षित गर्दै उहाँले सयपत्री फूलको खेती गरेका थिए। बिक्रीबाट रु तीन लाख ४८ हजार ५०० आम्दानी भएको उनको भनाइ छ। जसमा रु तीन लाख खुद नाफा भएको उप्रेतीले बताए।

तिहार लागेपछि सयपत्री फूल खरिद गर्न सर्वसाधारण र व्यवसायी दुवै घरमा आएको हुँदा फूल बेच्न बजार खोज्न जान नपरेको उनले बताए। उनको फूलखेतीमा कलकते भेराइटिज जातको सयपत्रीको फूल फुलेको थियो । अझै ५० हजार फूल फूल्न बाँकी रहेको उनको भनाइ छ ।

उप्रेतीको बारीमा फूलेको फूल भारतबाट आयातीत फूलभन्दा राम्रो र ताजा भएका कारण सर्वसाधारणले उनकै बारीमा पुगेर तिहारमा फूल किनेको स्थानीय रेणुका डाँगी बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.