तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

रिपोर्ट नेपाल | 2022 Oct 23 | 07:20 pm 1253

काठमाडौं,  कात्तिक ६ः काठमाडौं महानगरपालिकाले तिहारका लागि सजाइएको फूलमाला हटाएको छ । आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला हटाइएको हो ।

पसलमाथि र अगाडिपट्टि सिँगार्न राखिएका फूलमाला महानगरको नगर प्रहरीको टोलीले हटाएको हो ।

महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ । व्यापारीले फुटपाथ नै ढाक्ने गरी फूलमालाले सजाएपछि त्यसलाई पनि महानगरले हटाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.