तिमि र मेरो खुसियालिको……

रिपोर्ट नेपाल | 2022 Sep 16 | 11:39 am 2393

तिमि र मेरो खुसियालिको……
तिमि र मेरो खुसियालिको त्यो क्षणमा
रमाईलो गरौ हामिले यो सुन्दर ठाउँमा

मनले अनेक कुरा सोच्छ दिल बाट केहि भन्नु छ
यि मेरा आँखामा तिमिलाई राख्नु छ
मेरो मनको रहर र ईच्छा समालेर राखेको छु
केहि समय रमाएर बस्न तिमिलाई बोलाएको छु

लाज नमानेर तिमिले मनको कुरा भन
म सँग सबै कुरा सत्य सत्य भन
मेरो मन भुल्यो तिम्रो त्यो हिडाई र हेराईले
रमाईलो गर्न यहाँ आउन पर्छ तिमिले

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.