काठमाडौँ पुस २५ : गुल्मेली व्यवसायीहरुको छाता संगठन गुल्मी उद्योग बाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी ईश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारण सभाले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको कुरा निर्वाचन समितिले जनाएको छ ।
तयस्तै उपाध्यक्षत्रयमा मृगेन्द्र श्रेष्ठ, रामप्रसाद पन्थी, तारा भुसाल पनि सर्बसम्मत निर्वाचित भएका छन् । महासचिवमा ईश्वरीप्रसाद बेलवासे, सचिवमा चेतनारायण पाण्डे , कोषाध्यक्षमा बिष्णु अधिकारी र सह–कोषाध्यक्षमा ईश्वरी कँडेल निर्वाचित भएका छन् ।
पदाधिकारी सहित १८ सदस्यीय कार्य समिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौड्यालले बताए । यसै गरि सदस्यहरुमा गणेश पाण्डे, कृष्ण खनाल , चन्द्रमणि पाण्डे, ईश्वरी मरासिनी , महेश राजभण्डारी, निषेस श्रेष्ठ, ज्ञानबहादुर भलामी , कमला श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, शशी केसी , पार्वती पाण्डे, राधा पोखरेल, सुधन अर्याल , चन्द्रमणि भण्डारी , लतिप मिया र शेरबहादुर चुँदारा चयन भएका छन् ।