तिजको अवसरमा गरिमा विकास बैंकले राख्यो सेल्फी प्रतियोगिता

रिपोर्ट नेपाल | 2023 Sep 04 | 03:13 pm 1161

काठमाडाैं, भदाै १८ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्ने भएको छ ।

गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो ।

यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि बैंकले केही नियम तथा सर्तहरु लागू हुने जनाएको छ । इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ । सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजमा पोष्ट गर्नुपर्नेछ ।  फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्ने लगायतका नियमहरु बनाएको छ ।

बै‌कले प्रथम पुरस्कार ३ हजार राखेको छ, द्वितिय पुरस्कार २ हजार र तृतिय पुरस्कार १ हजार राखेको जनाएको छ ।

यस प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई  समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने कुरामा विश्वस्त भएको पनि बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.