तासबुक र नगद सहित जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 13 | 01:39 pm 2273

काठमाडौं, साउन २८ । जुवातास खेलीरहेकाे अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाैं-१७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे सहित ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी,

तनहुँ, आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.