काठमाडौं, कात्तिक १ : ठूला चाडपर्वको बेलामा चाड मनाउन घर तथा आफन्तकोमा जाने मौका छोपी चोरी डकैती गर्ने समूह सक्रिय हुने गरेको पाइएको छ ।
त्यस्तै काठमाडौं महानरपालिका १६ बालाजु बोहराटारस्थित मदनबहादुर थापाको घरमा कोही नभएको अबस्थामा ताल्चा फुटाई नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरहरु फरार रहेकाले तीनीहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।