काठमाडौँ, वैशाख २८: शनिबार तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको बुद्ध सामूदायिक वनमा एक व्यक्तिले सल्लाको रुखमा झुण्डिएर आत्माहत्या गरेका छन्।
आत्माहत्या गर्नेमा गोकुल गंगा –३, रामेछाप घर भई हाल तारकेश्वर–२, ढकालटार बस्ने ३५ वर्षीय आङ नर्वु शेर्पा रहेको प्रहरीले जानकारी दिए ।
शनिबार दिउँसो साढे ३ बजे तारकेश्वर–६ का स्थानीय एक जना महिलाले बाख्रा गोठालो गर्दै गर्दा शेर्पालाई झुण्डिएको अवस्थामा देखेपछि धर्मस्थली चौकीमा खबर भएपछि सार्वजनिक भएको प्रहरीले जनाए ।