ताप्लेजुङ, फागुन १५ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर जलेर ध्वस्त भएको छ। ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेकाे प्रहरी हवलदार वेदकुमार अर्याललले घटना स्थलबाट जानकारी दिए ।
पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।
हेलिकप्टरमा पर्यटन परी मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल , अर्जुन कुमार घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।
कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका थिए।