ताप्लेजुङ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भुकम्प

रिपोर्ट नेपाल | 2023 Mar 29 | 08:08 am 1181

काठमाडौं, चैत १५: ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । ११:४१ बजे ताप्लेजुङको स्याओ आसपासमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको मापन गरिएको छ।

भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीयले बताएका छन्। यस अगाडि बाजुरा र मुगु केन्द्रविन्दु भएर भूकम्प गएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.