ताप्लेजुङबाट एक सय पच्चीस थान अवैध हतियार बरामद

रिपोर्ट नेपाल | 2019 Apr 22 | 04:42 pm 2532

ताप्लेजुङ, वैशाख ९ : जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गृह मन्त्रालयले  ताेककाे अवधीमा १ सय २५ थान बन्दुक संकलन गरेको छ । प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाका अनुसार १० नाल ब्यारेल सहित अवैध हतियार ८५ नाल बरामद गरिएको जानकारी दिए ।

लाइसेन्स प्राप्त गरेर राखेका ४० नाल र १२ बोरको ५ राउण्ड गोली पनि प्रहेरीले जम्मा गरेको छ । खोजीकै क्रममा ३ राउण्ड गोली सहित १ थान रिभलवर भेटाएको प्रहरीले बताए । हतियार संकलनका लागि सबै सुरक्षा निकाय सकृय भएको र गाउँका प्रहरीलाइ विशेष परिचालन गरिएको थापाले जनाए ।

गृह मन्त्रालयले बैशाख ५ गते राति १२ बजेसम्ममा आफूसँग भएको हतियार बुझाउन नागरिकलाई आहृवान गरेको थियो । यो अवधिमा हतियार बुझाउनेलाई कुनै कानूनी कारबाही नहुने उल्लेख छ ।

हतियार संकलनको अवधि सकिएपछि प्रहरीले सोमबार प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित जिल्लाका सबै सुरक्षा प्रमुखहरु, उद्योगी, व्यापारी, व्यवसायीलगायतको सहभागितामा संकलन गरिएको हतियार सार्वजनिक गरेको छ ।

सरकारले आफूसँग रहेको अवैध हतियार बुझाउन नागरिकलाई ३५ दिनको समय अवधी तोकको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.