तापक्रम निरन्तर ओरालो, चिसो बढ्‍दै

| 2018 Nov 21 | 06:59 am 2255

काठमाडौं, मंसिर ५ : चिसो दिनानुदिन बढीरहेको छ भने तापक्रम निरन्तर ओरालो झरीरहेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। मंगलबार काठमाडौंको न्यूनतम तापक्रा ७ डिग्री थियो भने सोमबार ८ डिग्री सेल्सियस थियो।

आज जोमसोमको तामप्रक १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। जिरीमा २ डिग्री र जुम्लामा माइनस १ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ। मंगलबार जोमसोममा जोमसोममै ३ डिग्री, जिरीको १ दशमलव ८ डिग्री र जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियस मापन गरिएको थियो।

यसअघि शनिबार मंसिर १ गते वर्षकै धेरै चिसो भएको थियो। त्यसदिन काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। यसअघि २० कार्तिकमा तापक्रम घटेर ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो त्यसपछि क्रमशः तापक्रम बढेर न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस पुगेको थियो। तर, मंसिर लागेदेखि तापक्रम घट्‍दै गएको छ।

मंसिर ५ गते बुधबार देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

आज बिहान सुर्योदय ६ बजेर ३० मिनेटमा भयो भने सूर्यास्ट बेलुका ५ बजेर १० मिनेटमा हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.