तानसेन–रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द

| 2022 Dec 09 | 01:50 pm 1853

पाल्पा, मंसिर २३ः बिहिबार देखि तानसेन– रिडी सडक खण्ड दिनमा १० घण्टा बन्द गरिएको छ। सडक चौडा गर्ने कार्य सुरु गरिएकाले यो सडक खण्डमा दिनको १० घण्टा सम्म सवारी आवागमन बन्द गरिएको हो।

मंसिर २२ गते बिहिबार देखि पुष ७ गते सम्म १५ दिनका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जानकारी दिएको छ। बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ६ बजेदेखि ९ बजेसम्म तानसेन–रिडी खण्डमा सवारी आवागमन बन्द गरी सडक चौडाको काम गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको हो। यो खण्डको सिरुखक,माल्मुल क्षेत्रमा सडक चौडाको काम सुरु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.