झापा, असोज १२ः जिल्ला प्रहरी कार्यालय झापाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय दमकमा कार्यरत एक असई सहित चार जना प्रहरी निलम्बनमा परेका छन् ।
ट्याक्टरमा ल्याएको मल समाएर पैसठ्ठी हजार घुस खाएको आरोपमा एक नम्बर प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वरबाबु कार्कीको निर्देशनमा निलम्बन गरिएको हो ।
यसरी निलम्बनमा पर्नेहरुमा प्रहरी सहायक निरीक्षक भरत कोइराला, हवल्दार शिवदन्त मुखिया, जवान भीमलाल चौधरी र मनकुमार रुवाल रहेका छन् ।
रिपोर्ट नेपाल डटकमले यस अघि पनि दमकबाट मरिच, मटर गेडा र सुपाडी तस्कर भइरहेको समाचर प्रकाशित गरेको थियो ।