तलब वृद्धिको माग गर्दै कर्मचारीहरु आन्दोलीत

| 2021 Sep 28 | 01:24 pm 1529

महेश सिंह सिरहा, असोज १२ः जिल्लाको लक्ष्मीपुर पत्तारी गाउँपालिका मातहतका कर्मचारीहरु तलब वृद्धिको माग गर्दै असोज ४ गते देखि निरन्तर आन्दोलन गरिरहेका छन् । गाउँपालिकाको सामुदायिक स्कुलमा कार्यरत लेखाका कर्मचारी, बाल विकास केन्द्रका सहयोगी र कर्यालय सहयोगीहरु पालिकाको कार्यलयको मुख्य गेटमा शान्तिपुर्ण धर्नामा बसेर आन्दोलन गरिरहेका छन् ।

सरकारले आर्थिक बर्ष २०७८ र ७९ मा गरेको बजेट भाषणमा बाल बिकास केन्द्रको सका तथा विद्यालय कर्मचारीको न्युनतम तलव १५ हजार पुर्याउने घोषणा गरेको थियो । संघीय सरकारबाट ८ हजार र बाँकी ७ हजार स्थानीय तहले ब्यहोर्नुपर्ने बजेट भाषणमा उल्लेख छ ।

बजेट भाषण अनुसार आफूहरुको तलब वृद्धि हुनुपर्ने माग गरेका छन् । उनीहरूले शान्तिपूर्ण आन्दोलन गरिरहेको लक्ष्मीपुर पत्तारी गाउँपालिका मातहतका विद्यालय कर्मचारी कास ईकाई समितीका अध्यक्ष रामकुमार यादवले जनाए ।

विद्यालयमा काम गर्ने कासले ४५ सय, लेखाले ११ हजार ५ सय, बाल विकास सकाले ६ हजार न्यून तलब खाईपाई आईरहेको छ । जसमा चालु आर्थिक बर्ष देखि उनीहरुले खाईपाई आएको तलबमा संघीय सरकारबाट करिब २ हजार मात्र वृद्धि गरेको छ । १५ हजार पुर्याउन बाँकी रकम स्थानीय तहबाट ब्यहोर्ने भनिएको छ ।

गाउँपालिकामा न्यून तलवमा काम गर्ने विद्यालय तहका कर्मचारीहरुको माग प्रति आफूहरु सकारात्मक रहेको गाउँपालिकाले जनाएको छ ।
आन्दोलन पक्षलाई वार्तामा बस्न आग्रह गरेको छु, सम्भवतः आज वार्ता हुनेछ, गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए ।

बजेट भाषणमा सरकारले तलब वृद्धि त गर्यो तर संघीय सरकारबाट तलब वृद्धि गर्ने कुनै आधार र निर्देशिका गाउँपालिकामा पठाएको छैन्, अध्यक्ष साहले सुनाए ।

आन्तरिक श्रोत हाम्रो गाउँपालिकामा न्यून छ, सरकारले प्रदेश र केन्द्रबाट पठाउने अन्य बजेट निश्चित काम गर्न तोकैरै पठाएको हुन्छ, त्यसबाट तलव दिन मिल्दैन अध्यक्ष साहले भने ।

त्यैपनि हामी कार्यपालिकाको बैठक र गाउँसभामा उनीहरुको माग सम्बोधन गर्न पूर्णरुपमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । माग जायज छ, त्यसमा हाम्रो समर्थन र सहयोग सदैव रहने छ, गाउँपलिका अध्यक्ष साहको भनाई छ ।

हाल गाउँपालिकामा बाल विकास केन्द्रका सका २९ जना, कास १७ जना र लेखा ३ जना कार्यरत छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.