जुम्ला, असार १६स: जिल्लाको सिंजा गाउँपालिकाका २२ वटा विद्यालयमा तलब नपाएको भन्दै निजी शिक्षकहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। गाउँपालिकामा रहेकाे २२ वटै विद्यालयमा कार्यरत ६३ शिक्षकले तलब नपाएको भन्दै आइतबार सम्पूर्ण विद्यालयमा ताला लगाएका हुन् ।
उक्त गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत शिक्षकहरूले तलबका लागि व्यवस्थापन समितिलाई असार ११ गतेसम्मको अल्टिमेटम दिएको तर त्यो पुरा नभएपछि ताला लगाउन बाध्य भएको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।
आन्दोलनमा उत्रिएका निजी शिक्षकहरुले भने तलब उपलब्ध नभएसम्म ताला नखोल्ने बताएका छन्। विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगरी व्यवस्थापन समितिसँग छलफल गरी समस्याको समाधान खोज्नुपर्ने स्थानीयकाे भनाइ छ।