तरुण दलद्वारा ५ नम्बर प्रदेशमा विरोध प्रदर्शन, सरकारले भष्ट्राचारीलाई संरक्षण गरेको आरोप

| 2019 Jan 26 | 06:53 pm 2060

बुटवल, माघ १२ : सरकारका गतल गतिविधिका विरुद्धमा नेपाल तरुण दलले आज बुटवलमा विरोध प्रदर्शन गरेको छ । हत्याहिंसा बलात्कार, महंगी र भ्रष्टाचारका विरुद्ध केन्द्रीय अभियान अर्न्तगत तरुण दलले आज बुटवलमा प्रदेशस्तरीय विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रर्दशनलाई कन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले सम्बोधन गर्दे सरकारले एकपछि अर्को तानाशाह लाद्न खोजेको आरोप लगाए । उनले चिकित्सा शिक्षा विधेयक जबरर्जस्त पारित गराएको र नेपाली कांग्रेसका नेताहरुको नाम राख्न खोजिएका अपस्तालहरु हटाउन खोज्दा देशभर नै तरण दलले विरोध गर्न बाध्य भएको बताए ।

५ न प्रदेश रोल्पा जिल्लाका लिवाङ नगरका अध्यक्ष रोहित पुनलाई कम्युनिस्टका कार्यकर्ताले गोली हानेर मारेको आरोप लगाए ।उनले रोहितलाई सहिद घोषणा गर्नु पर्ने माग राख्दै तरुण दलले रोहितलाई सहिद घोषणा गर्ने प्रतिबद्धता समेत गरे ।  प्रदेश ५का सांसदहरूको लागि खरिद गरेको गाडीहरूमा चरम भ्रष्टाचार भएको र छानबिन गरेर कार्वाही नगरे तरुण दलले उक्त गाडी खाेस्ने चेतावनी समेत दिए ।

त्यस्तै तरुण दलका उपाध्यक्ष उत्तर चपागाईंले सरकारले संगठित रुपमा भष्ट्राचारीलाई संरक्षण गरेको आरोप लगाए । उनले प्रश्न गर्दै भने, शान्ति प्रक्रियाको नायक र संविधानको पिता गिरिजा प्रसाद काेइराल र सुशील  काेइलाका नामको अस्पताल बन्द गर्ने आदेश कसले दियो ? भ्रष्टाचार र माफियालाई सरकार चलाउने लाइसेन्स दिने अधिकार कसले दियो । ?

महासचिव भुपेन्द्रजगं शाहीले  सरकारको एकतर्फी निणर्यको विरोध देशव्यापी रुपमा तरुणहरुले गर्ने बताए । महासचिव भुपेन्द्र जङ्ग शाहीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘लुकेर हमला गर्नेहरूको जमातले बनेको बहुदमतले बाघलाई केही हुँदैन, बाघ भनेको बाघ नै हो ।’ उनले  तरुण दल जस्तै एक भएर अधिनायकवाद विरुद्ध लड्न काँग्रेस नेताहरूलाई अनुरोध समेत गरे ।

तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले राष्ट्रपतिलाई महँगो साडी र १२ करोडको गाडी दिँदैमा समृद्ध नआउने बताए । दुई तिहाइको सरकारसँगै न्याय मर्दै गएको उनले बताए । महिला राष्ट्रपति भएको देशमा दिनहुँ बोक्सी आरोपमा महिला हिंसा हुने  र निर्मला पन्त लगायत हजारौँ निर्मलाले न्याय नपाउने बताए ।

नेपाल तरुण दल जिल्ला कार्यसमितिका अध्यक्ष सोमबहादुर गुरुङले कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भमा गरेको गलत कामको विरोध स्वरुप प्रदेशस्तरमा विरोध गरिएको बताए । यसअघि तरुण दलले प्रदेश १, २, ३ र ४ को राजधानीमा विरोध प्रदर्शन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.