तरुण दलका घाइते नेता-कार्यकर्ता भेट्‍‍न कांग्रेस नेतृत्वको टोली अस्पताल

रिपोर्ट नेपाल | 2018 Jul 21 | 05:58 pm 1503

काठमाडौं, साउन ५: डा गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलार्इ दबाब दिन आयोजित विरोध पदर्शनमा प्रहरीले लाठिचार्ज गर्दा घाइते भएक तरुण दलका नेता कार्यकर्तालार्इ कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोली अस्पताल पुगेको छ।

सरकारको निर्देशनमा प्रहरीले गरेको दमनमा परी घाइते नेता-कार्यकर्तालार्इ भेट्न शनिबार सभापति शेरबहादुर देउवासहित, सहमहामन्त्री प्रकासशरण महत, केन्द्रीय सदस्य एनपी साउँदलगायतको टोली सिभिल अस्पताल बानेश्वर पुगेको हो। अस्पताल पुगेर उनले घाइते तथा चिकित्सकसँग उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

यसअघि कांग्रेस नेता राचन्द्र पौडेलसँगै बालकृष्ण खाँड, मदन अमात्य, उदय शमसेर राणा, शंकर भण्डारी, रामकृष्ण यादवलगायतका कांग्रेस नेता अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रहरीको लाठीचार्जबाट तरुण दलका अध्यक्ष जीतजङ्ग बस्‍नेततसहित १२ जना कार्यकर्ता घाइते भएका हुन्।

बानेश्वर बिजुली बजारमा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा प्रहरी निरिक्षकसहित १४ जना प्रहरी पनि घाइते भएका छन्। उनीहरुको पनि सिभिल अस्पतालमै उपचार भैरहेको छ ।

बिहीबार जुम्लाबाट काठमाडौं ल्याइएका डा. केसीलाई भेट्न नेपाली कांग्रेस सभापति देउवा शुक्रबार केसी अनसनरत शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उनको मागमा ऐकबद्धता जनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.