एजेन्सी, पुस १५ : स्पेनमा गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार आइतवार एक भब्य कार्यक्रमकाबीच सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो। समाजले सन् २००७ देखि आयोजना गर्दै आएको ल्होसार बिशेष कार्यक्रम यो १३ औं पटक हो।
गुरुङ गीत ‘सिरमा सलि टहमा’ बाल कलाकारहरु सहिल तमु, निपूर्ण तमु, प्रेरक तमु, सृष्टि तमुस्यो, सारा तमुस्यो र प्रेक्षा तमुस्योले जोडदार नृत्यसँगै साँस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो।
कलाकारहरु चुनु तमुस्यो र प्रबेश तमुको प्रस्तुतिले कार्यक्रममा सबैको ध्यान खिच्न सफल बन्यो। अहिलेको चर्चित लोकप्रिय गीत’साली मन पर्योमा’ यो जोडीले नृत्य प्रस्तुत गर्दा दर्शकहरु रमाए। ‘यो कुरा गोप्य छ’ बोलको गीतमा बाल कलाकारहरुको प्रस्तुतिले पनि दर्शकको ध्यान तानेको थियो। विदेशमा नै जन्मेर यतै हुर्केका दोस्रो पुस्ताका बालबालिकाहरुको नेपाल गीत संगीतप्रतिको लगाव तारिफ योग्य रह्यो।
यस्तै गायनतर्फ एमा गुरुङ, युनिक गुरुङ, प्रमेश गुरुङ, सुनिल गुरुङ, तुलसी गुरुङ, विनोद बराईली, भूमि गुरुङ र समी गुरुङले एकल तथा सामूहिक प्रस्तुतिहरु राखेका थिए। बालकलाकारहरु साहिल गुरुङ, निपूर्ण गुरुङ, प्रणय गुरुङ, मिसल गुरुङ, प्रंशसा गुरुङले पनि स्टेज तताए।
बिभिन्न गुरुङ गीतहरुमा पुनम गुरुङ, निशा गुरुङ, शुब्बा गुरुङ, शोभा गुरुङ, रेवाती गुरुङ, समिर गुरुङ, हरी गुरुङ, बिशाल गुरुङले जोडदार नृत्य प्रस्तुत गरे। सिन्जल गुरुङको कोरियोग्राफी निकै प्रसंशनीय थियो।