तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको निधन

| 2018 Aug 08 | 07:56 am 1947

चेन्‍नेर्इ, साउन २३: तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको मंगलबार साँझ निधन भएको छ। ९४ वर्षिय उनको उपचारका क्रममा कावेरी अस्पतालमा निधन भएको हो।

करुणानिधि करिव आठ दशकसम्म राजनीतिमा सक्रिय रहे। उनी पाँच पटक तमिलनाडुका मुख्यमन्त्री बनेका थिए। उनी १३ पटक विधानसभाको चुनाव लडे र सबै पटक विजयी भएका थिए।

करुणानिधिको जन्म ३ जुन १९२४ मा तमिलनाडुको नागापटिट्नम जिल्लामा भएको थियो। उनी लामो समयदेखि विरामी थिए। उनको घरमा नै उपचार गरिएको थियो। शक्रबार रोगले च्यापेपछि उनलाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको थियो।

करुणानिधि वितेको दुई वर्षदेखि रानजीतिमा सक्रिय थिएनन्। उनका छोरा तथा राजनीतिक वारेस एमके स्टालिनले सन् २०१७ मा डिएमकेको कार्यकारी अध्यक्षको पद सम्हालेका थिए।

सन् १९६९ मा डिएमकेका संस्थापक सीएन अन्नादुरैको निधनपछि करुणानिधि पहिलो पटक तमिलनाडुका मुख्यमन्त्री बनेका थिए।

उनले करिव ५० तमिल फिल्ममा पटकथा तथा संवाद लेखेका छन्। करुणानिधिले तीन वटा विवाह गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.