तनहुँ २ (क) मा एमालेका महत विजयी

| 2022 Nov 23 | 08:10 am 861

तनहुँ, मंसिर ७: तनहुँ क्षेत्र नं २ प्रदेश सभा (क) मा नेकपा एमालेका श्यामराजा महत निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार मतहले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेलाई १७६६ मतान्तरले पराजित गरेका हुन् ।

कूल ३७ हजार ८२९ मत गणना गर्दा महतले १५ हजार ६६५ मत प्राप्त गरे भने न्यौपानेले  १३ हजार ८९९ मत पाएका थिए । २०७४ को निर्वाचनमा यस क्षेत्रमा वामगठबन्धनबाट माओवादी केन्द्रकी आशा कोइराला विजयी भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.