तनहुँ प्रहरीले समात्यो बीस वर्षे फरार अभियुक्त

रिपोर्ट नेपाल | 2018 Dec 31 | 06:04 pm 2249

तनहुँ, पुस १६ : बिगत बीस वर्षदेखि जबरजस्ती करणी सम्बन्धी मुद्दामा एक फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तनहुँ जिल्लाको साविक रुपाकोट गाविस वडा नम्बर ७ स्थित एक महिलालाई जबरजस्ती करणी गरी फरार रहेका बमबहादुर भुजेललाई सोमबार पक्राउ गरी तनहुँ जिल्ला अदालतमा पेश गरिएको छ ।

भुजेलले २०५५ बैशाख २१ गते जबरजस्ती करणी गरेका थिए । त्यस्तै विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय सुनाइएका बबिन शाक्य र प्रदीप गोदारलाई समेत पक्राउ गरी कैद भुक्तानका लागि अदालत पेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.