तनहुँ प्रहरीको फन्दामा परे राम मगर

रिपोर्ट नेपाल | 2019 Feb 24 | 06:51 pm 1941

तनहुँ, फागुन १२ : जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समय आफ्नो गतिविधिलाई तिब्र रुपले अघि बढाएको छ । जिल्लामा कार्यालय प्रमुखका रुपमा एसपी सिद्धीविक्रम शाह आएपछि अपराधकर्म गर्नेहरुको निदहराम भएको छ भने शान्ति चाहने सर्वसाधारण जनता भने खुसीले गदगद भएका छन् ।

फागुन ११ गते तनहुँको मिना सुनारको घरमा डेरा गरी बस्ने युवराज आलेको कोठामा चोरी भएको चौबीस घण्टा बित्ननपाउदै प्रहरीले चोरलाई पक्राउ गर्न सफल भएको घटनालाई हेर्दा तनहुँ प्रहरीको सक्रियता छर्लङ्ग हुन्छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आलेको कोठामा चुकुल फोरेर चोरी भएको थाहा पाउनसाथ प्रहरीले चोरको खोजी र निगरानी गर्ने क्रममा आईतबार तनहुँ ब्यास–४ भोर्लेटारमा चोकमा राम मगर भन्ने व्यक्तिलाई शंकाको आधारमा चेकजाँच गर्दा विभिन्न चोरीमा संलग्न भएको खुलेको छ ।

काठमाडौं जान बस रोक्ने क्रममा प्रहरीले मगरलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट नगद १० हजार २ सय पचास बरामद भएको थियो ।

साथै निज रामले सोधपुछको क्रममा २०७५ कात्तिक ३ गते जिल्ला तनहुँ व्यास नगरपालिका वडा नम्बर–२ मालपोत लाईन अगाडी रहेको सिताराम प्रसाद बानियाँको डेराकोठाबाट ६० हजार र २०७५ पुस ८ गते ब्यास नगरपालिका वडा नम्बर–२ अमरापुरी बस्ने राज किशोर पण्डितको घरबाट २३ हजार चोरी गरेको खुलाएको छ ।

उक्त नगद रुपैया कानून बमोजिम उनलाई चोरी मुद्दामा तनहूँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भै रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.