तनहुँमा भारतीय बस दुर्घटना, २७ जना घाइते

रिपोर्ट नेपाल | 2019 Sep 16 | 09:20 am 2435

तनहुँ, भदाै ३० : सोमबार बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी २७ जना घाइते भएका छन्।

युपिबीपी ४९९५ नम्बरको बस मुक्तिनाथतर्फ जाँदै गर्दा अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन्। घाइतेमध्ये छ जनाको अवस्था सामान्य रहेको बताइएकाे छ। साे दुर्घटना तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.