तनहुँमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

रिपोर्ट नेपाल | 2020 Sep 07 | 03:28 pm 2212

तनहुँ, भदौ २२ः सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नपा ५ चापाघाटका ५५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

ग १ ज ७१२८ नम्बरको बोलेरो जिप दमौलीबाट ऋषिङगाँपालिका १ खाल्टे तर्फ जाँदै गर्दा देउली खोला भन्ने स्थानमा आफै अनियन्त्रित भइ सडकबाट ७० फिट तल खोल्सामा खस्दा उक्त जीपमा सवार चालकसहित ८ जना घाइते भएका छन् ।

घाइते भएका उनीहरूको जिल्लास्थित रत्तहरि अस्पताल, समाधान अस्पताल र जिल्ला अस्पताल दमौलीमा उपचार भइरहेको छ भने घाइतेमध्ये ५१ वर्षीय रामकुमार श्रेष्ठ र ३४ वर्षीया संगीता श्रेष्ठलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रसनि मेघनाथ पौडेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.