तनहुँ, मंसिर ४: जिल्लाको व्यास नगरपालिका १ मुसेखोलामा भाले चितुवा मृत अवस्थामा फेला परेको छ।
उक्त मृत चितुवाको ढाड भाँचिएको डिभिजन वन अधिकृत प्रमुख केदार बरालले जानकारी दिए ।
राजमार्गमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट घाइते भएपछि पानीको खोजीमा चितुवा खोलातिर गएको जस्तो देखिन्छ र खोला नजिक चितुवाले बान्ता गरेको देखिएको बरालले बताए ।
मृत भाले चितुवा करिब ८ वर्ष जतिको उमेर र ४० किलो जति तौल रहेको प्रमुख बरालले जनाए । घटना मंगलबार राती करिब २ः३ बजेको समयमा भएको हुन सक्ने उनले अनुमान गरेका छन् ।