तनहुँ, भदाै १० । धरानमा गाई गोरु काटेको विरुद्ध आन्दोलनको मसी सुक्न नपाउँदै गण्डकी प्रदेशमा फेरी गाई काटिएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपाली लगायत ३ जनाले गाई काटेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
नेपालीको आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।