ढोरपाटनका बाढीपीडितलाई मल्मबासीको आर्थिक सहयोग

रिपोर्ट नेपाल | 2020 Sep 09 | 09:02 pm 1576

  • कौरव खत्री

बागलुङ, भदौ २४ः बागलुङ गलकोट नगरपालिका वडा नं ७ मल्मबाट ढोरपाटनका बाढीपहिरो पीडितहरुलाई १ लाख, ३५ हजार, २ सय ४२ रुपैयाँ राहत सहयोग प्रदान गरिएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच उक्त राहत रकम हस्तान्तरण गरिएको हो ।

रातह सहयोग रकम अन्तर्गत गलकोट नगरपालिका ७ वडा कार्यालयले १५ हजार, सिर्जनशिल आमा समुह आँगाखेतबाट १५ हजार, मुलपानी सप्ताहघाट महिला समुह खोलापारीबाट १० हजार, घुम्टे प्रगति कृषि समुह मल्मबाट १० हजार, जनहित कला केन्द्र मल्मबाट १० हजार, चिसापानी आमा समुह बामियाबाट १० हजार, राम्चेढुङ्गा पर्यटन विकास केन्द्र मल्मबाट ९हजार ५ सय, घुम्टे युवा परिवार मल्मबाट ५ हजार ५ सय, नाच्ने डाँडा संरक्षण समाज मल्मबाट ५ हजार १ सय,
फुलबारी आमा समुह मल्मबाट ५ हजार ५ रुपैया, मिलीजुली महिला समुह मल्मबाट ५ हजार ५ रुपैया, जनहित कृषि समुहबाट ५ हजार, नौमती बाजा समुह मल्मबाट ५ हजार, महिला जागरण केन्द्र मल्मबाट ५ हजार, दलखम विश्वकर्मा समाज मल्मबाट ५ हजार, झिर्काटापु सामुदायिक वन उपभोक्ता समुह मल्मबाट ५ हजार, नाच्नेडाडाँ आमा समुह मल्मबाट २ हजार, दिपशिखा आमा समुह झिर्काबाट २ हजार, भर्याङ सामुदायिक वन उपभोक्ता समुह मल्मबाट २ हजार, टिका कुमारी घिमिरे आगाखेतबाट १ हजार ५० रुपैया, यशोधा थापा आगाखेतबाट १ हजार ५० रुपैया, हिमा केसी आगाखेतबाट १ हजार १० रुपैया र धन कुमारी बस्नेत आगाखेतबाट १ हजार गरी कुल जम्मा १ लाख, ३५ हजार, २ सय, ४० रुपैयाँ नगद रकम ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगरको पीडामा साथ र हौसला प्रदान गर्ने मल्मबासी लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

सोहि अवसरमा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमा समूहका प्रतिनिधिहरू, ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

गत भदौ १७ गते राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकाको बोबाङकमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।

ढोरपाटन नगरपालिका विभिन्न स्थानामा रहेका धेरै घरपरिवारमा पूर्ण क्षति पुर्याएको छ भने, बाढीपहिरोले विद्यालय, विद्युत र झोलुङ्गे पुल समेतमा क्षति पुर्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.