अर्घाखाँची, फागुन २९: सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नामा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २३ वर्षीया आरती बिक रहेको प्रहरीले जानकारी दिएको हो ।
घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
स्थानियवासीका अनुसार माटो खन्ने क्रममा ढिस्को खस्न थालेपछी आरती भाग्न खोजेकी थिईन् । ढिस्कोसंग तर्किएकी उनलाई रुखमा अड्किएको ढुङ्गा खसेर लाग्दा घटनास्थलमै ज्यान गएको हो ।
मृतक बिकका श्रीमान अहिले रोजगारीको सिलसिलामा भारतमा रहेको छन् । उनको चार वर्षीय एक छोरा पनि रहेका छन् ।