ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नेपाली पक्राउ

| 2022 Mar 17 | 05:48 pm 1509

बागलुङ, चैत ३ः आफ्नै श्रीमती ४२ वर्षीया तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको हो । गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

अवैध लागूऔषध सहित पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट करिब ८० ग्राम ५ सय ३० मिलिग्रम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएकी २५ वर्षीया सबिना साई र भारत घर भएका २७ वर्षीय सदाम साई रहेका छन् । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१९ पत्थरगंज बस्ने ३२ वर्षीय खिम क्षेत्रीलाई करिब ३ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, शहिदनगर नगरपालिका-३ यदुकुवाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित सबैला नगरपालिका-१३ किरतपुर बस्ने ३२ वर्षीय संतोष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.२-०२-००४ प ११४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.