ढिस्कोले पुरिएर जाजरकोटमा दुई महिलाकाे मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2020 Oct 25 | 10:13 am 2265

जाजरकोट, कात्तिक ९ः दसैंका लागि घर लिप्ने माटो खन्न गएका दुईजना महिलाको ढिस्कोले पुरिएर शनिबार निधन भएको छ । घटनामा अन्य थप २ जना घाइते भएका छन् । मृत्यु हुनेमा छेडागाड–३ दशेरा चुवाकी ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहाल रहेकाे छ ।

घटनामा सोही ठाउँ निवासी स्थानीय सरिता जैसी र धनसरी चनारा घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको बताइएकाे छ।

घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका हुन्। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खदा पर्खदै दुई जनाको मृत्यु भएको स्थानीयको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.