ढाकामा चुम्बनको तस्बिरले हंगामा !

रिपोर्ट नेपाल | 2018 Jul 26 | 08:47 am 1920

ढाका- पछिल्लो केही दिनदेखिको वर्षाले बंगलादेशको राजधानी ढाकामा केही राहत मिलेको छ ।

वर्षापछि ढाकाको मौसममा शीतलता त छाएको छ तर वर्षामा लिइएको एउटा तस्बिररे सामाजिक सञ्जाल भने तातिएको छ ।

ढाकाको एउटा विश्वविद्यालयका विद्यार्थीको केही तस्बिर अहिले भाइरल भैरहेका छन् । यी तस्बिरमा उनीहरु चुम्बन गरिरहेका छन् । यी तस्बिर फोटो पत्रकार जीवन अहमदका कारण चर्चा र विवादमा आएको हो ।

जीवन अहमदले त्यो फोटो विश्वविद्यालय क्याम्पसका पढ्ने विद्यार्थीले चुम्बन गरिरहेको फोटो खिचेका थिए । उनले यो तस्बिर आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् । अब सबैभन्दा ठूलो प्रश्न यो उठेको छ कि फोटोपत्रकार अहमदले त्यो जोडीसँग अनुमति लिएको थियो वा थिएन भन्ने कुरा रहेको छ ।

जीवन अहमदले त्यो फोटो आफूले सामाजिक सञ्जालमा प्रयोग गर्ने अनुमति भने नलिएको स्पष्ट पारेका छन् । तर उनले आफूले फोटो खिचेको त्यो जोडीले देखेको र उनीहरुले आपत्ति नजनाएको बताएका छन् । जीवन भन्छन्, ‘मैले फेसबुकमा त्यो तस्बिर राखेँ तर मलाई भाइरल हुन्छ भन्ने लागेको छैन ।’ पछि जीवनले फेसबुकबाट फोटो हटाए ।

फेसबुकमा कसैको व्यक्तिगत क्षणको फोटो राख्दा अनुमति लिनु पर्छ कि पर्दैन भन्नेमा बंगलादेशमा बहस सुरु भएको छ । कतिपयले त जीवनले फोटो नै सम्पादन गरेको आरोप लगाएका छन् । तर जीवनले भने यसको खण्डन गरेका छन् ।

कतिपयले यो फोटोलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर हेर्दै प्रशंसा पनि गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.