ड्रग्ससहित रानीबारीबाट दुई नेपाली र एक भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 17 | 05:06 pm 2682

काठमाडौँ, पुस  २ :  प्रहरीले प्रतिबन्धित लागूऔषधसहित काठमाडौँको रानीबारीबाट दुई नेपाली र एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२ यटखा बस्ने २८ वर्षीय आशिषमान श्रेष्ठ, गोंगबु बस्ने २८ वर्षीय सनि महर्जन र काठमाडौं लाजिम्पाट बस्ने भारतको मुम्बई घर भएका राजिव रामेश्वर लुथरा छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट लागूऔषध कोकीन ४ ग्राम, लागूऔषध चरेश १ किलो, लागू औषध बेचबिखन गर्ने तराजु , जेएसडी ३.५ पिस र एमडीएमए १.७ ग्राम सहित शनिबार साँझ बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.