ड्युटिमा बेहाेस प्रहरी जवानकाे उपचारका क्रममा मृत्यु

| 2020 Sep 05 | 12:39 pm 2504

कञ्चनपुर, भदाै२०ः गएराति डियुटीमा खटिएको समयमा बेहोस फेला परेका एक प्रहरी जवानकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सुरेन्द्रकुमार ऐर रहेका छन् । दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी गएराति ५ नम्बर पोष्टमा बेहोस फेला परेका थिए ।

डडेलधुराको अजयमेरु गाउँपालिका स्थायी ठेगाना भएका ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकाे क्रममा शनिबार बिहान मृत्यु भएकाे अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले मृत्युको कारण खुल्न नसकेको जानकारी दिए । पोष्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्नसक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.