डोटीमा यात्रुवाहक बस दुर्घटना एकको मृत्यु ३० घाइते

| 2019 Nov 02 | 08:19 am 2531

डोटी, कात्तिक १६: डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको प्रहरीले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।

दुर्घटनामा अन्य ३० यात्रु घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक केवी वोहराले जानकारी दिए ।

४० जना यात्रु सवार उक्त बस सडकबाट करिब ४० मिटर तल खसेको छ । दुर्घटनाको के कारण भयो त्यो भने पत्ता लागेको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.