डोटी मंसिर २१ : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५ सय ५० नम्बरको महिन्द्रा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि बाटोमै मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेको उद्धार र शव संकलनको कार्य जारी छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी उद्धारमा खटिएका छन् ।
घाइतेहरूलाई उपचार गर्न दिपायल पठाइएको घटनास्थलमा उद्धारगर्न खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।