न्यूजील्यान्ड, भदौ ४: आफ्नो पहिलो सन्तानलाई जन्म दिनका लागि न्युजिल्याण्डकी महिला मन्त्री आफैँ साइकल चलाएर अस्पताल पुगेकी छन्।
ग्रिन पार्टीकी जुली जेन्टर गर्भवती भएको ४२ हप्ता अर्थात ९ महिना भएको छ। उनले साइकलमा जाने निर्णय यसकारण गरेकी छिन् की कारमा बस्नका लागि पर्याप्त ठाउँ पुग्दैन थियो।
उनले आफ्नो पतिको साथ इन्स्टाग्राममा तस्बिर शेयर गर्दै लेखेकी छिन् ‘आइतबारको रमाइलो बिहानी’।
यसै वर्ष प्रधानमन्त्री ज्यासिन्दा अर्डर्न विश्वकी दोस्रो यस्तो प्रधानमन्त्री बनेकी थिइन् जसले आफ्नो प्रधानमन्त्रीकै कार्यकालमा सत्तामै रहेर सन्तान जन्माएकी थिइन्।
जेन्टरले पनि आफ्नो पहिलो सन्तान जन्माउनका लागि आकल्यान्ड सिटी सरकारी अस्पताललाई रोजेकी छिन्।
जेन्टर देशको सहायक यातायात मन्त्री हन् उनी साइक्लिङ प्रति रुची पनि राख्दै आएकी छिन्। उनले आफ्नो बच्चाको लागि तीन महिना छुट्टी लिने छिन्।
न्युजिल्यान्डमा १९७० मा पहिलोपटक महिला सांसदले आफ्नो कार्यकालमा बच्चा जन्माएकी थिइन्।