मकवानपुर, वैशाख २६ : मकवानपुरमा डेढ केजी भन्दा धेरै सुनसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौँडा उपमहानगरपालिका-१५ रातमाटेबाट एक किलो ६ सय ४९ ग्राम सुनसहित पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका-४ निवासी २९ वर्षीय ल्वागुन बिकलाई पक्राउ रहेका छन् । काठमाडौंदेखि वीरगञ्जतिर गइरहेको ना ८ ख ३७९३ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा ल्वागुनलाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बिकको जुत्ता र पाइन्टको खल्तीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सुनसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहका अनुसार पक्राउ परेका बिकले यसअघि पनि अबैध सुनको कारोबारमा संलग्न भएको स्वीकारेको बताए ।