डुवेर बेपत्ता भएका चार जनाको शव सशस्त्र प्रहरीद्वारा फेला

| 2021 Jul 22 | 08:36 pm 1377

बाँके, साउन ७ः जिल्लाको कोहलपुर नगरपालिका १० स्थित डुडुवा खोलामा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असार ६ गते फेला पारेको छ ।

सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस्ने १८ वर्षीय रसिद जरगर, १६ वर्षीय अरिव जरगर र १७ बर्षीय खरमान जरगर नुहाउने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको बताईएको छ ।

उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरुको शव पानीबाट बाहिर निकालेको हो ।

यसैगरी दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका १ सिमलटार स्थित सिचाईको लागि बनाईएको पानीको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बिहीबार फेला पारेको छ ।

सोही ठाउँ बस्ने ३१ वर्षीय लालबहादुर विष्ट उक्त ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणबाट खटिएको गोताखोर सहितको सशस्त्र प्रहरीले घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा उनको शव फेला पारेको हो ।

चोरीपैठारीको सामान बरामद
रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टि लालबकैया बाँध नजिकैबाट सशस्त्र प्रहरीले करीव ३ लाख ४५ हजार रुपैयाँ बराबरको प्रिन्टर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त प्रिन्टर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आटउ पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बराम प्रिन्टर तथा मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.