डुवानमा परेका २० घरपरिवारका सामान सुरक्षित स्थानमा सारियो 

| 2021 Jun 21 | 07:25 am 2601

कञ्चनपुर, असार ७ः जिल्लाको दोधारा चाँदनी नगरपालिका १० स्थित कुतियाकभरको बैजुडाँडामा अविरल बर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई जोगबुढा खोलाको पानी बस्तीमा पसेर डुवान परेका २० घरपरिवारको सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दोधारा चाँदनी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारको सामान तथा पशुचौपाया सुरक्षित स्थानमा सारेको हो ।

चोरीपैठारीको सामान बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा ईलेक्ट्रोनिक सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान तथा साईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.