डुबेर दुई बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 18 | 08:16 pm 1889

धनगढी, साउन २ : कैलाली पूर्वी क्षेत्रस्थित रोरा नदीमा नुहाउने क्रममा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ का संगीता ढकाल र पुष्पा धमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाख्रा चराउन जंगल गएका बेला गर्मी बढेपछि नदीमा नुहाउन गएका वेला बालिकाको डुबेर मृत्यु भएको हो ।

बालिका डुबेको खबर पाउनासाथ घटनास्थलमा पुगेका प्रहरी टोलीले उद्धार गरेर लम्कीस्थित अस्पतालमा पु¥याएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.