काठमाडौं, पुस २२ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको अक्सन शनिवार सम्पन्न भएको छ । अक्सनमा सहभागी १ सय ८६ खेलाडी मध्यबाट प्रत्येक छ टिमले ११-११ जना खेलाडी आफ्नो टिममा अनुबन्धित गरेको छ ।
यस संस्करणको डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाईटेड, बिराटनगर किंग्स, रुपन्देही च्यालेञ्जर्स, काठमाडौँ गोल्डेन्स र सीवाईसी अत्तरिया गरी ६ वाट टिमहरुको सहभागिता रहेको छ ।
यिनै टिमले आफ्नो टिमका लागि महङगो मुल्य खर्चेर केही खेलाडी अनुबन्धित गरेको छ । जसले अक्सनमा २ लाख रुपैयाँ भन्दा बढी मूल्य पाएका छन् । डिपिएल अक्सनमा महँगोमा बिक्रि भएका १० खेलाडीहरु ।
२ लाख ५० हजारमा ६ खेलाडी बिक्रि भएका छन् । पछिल्लो सिजन महेन्द्रनगर युनाईटेडको कप्तानी गरेका बिनोद भण्डारी यो पटक फरक टिमबाट खेल्ने छन् । भण्डारीलाई धनगढी स्टार्स बाहेक सबै टिमले अधिकतम मूल्य २ लाख ५० हजारको लागि बोलि लगाए पनि गोलाप्रथा मार्फत उनि रुपन्देही च्यालेञ्जर्समा छानिएका थिए ।
त्यस्तै राष्ट्रिय क्रिकेट टिमका नियमित देब्रे हाते तिब्र गति बलर ललितराज भण्डारीलाई सीवाईसी अत्तरिया र रुपन्देही च्यालेञ्जर्सले अधिकतम मूल्यमा बोलि लगाएको थियो ।
गोला प्रथा मार्फत उनि पनि रुपन्देहीमा छानिएका थिए । डिपिएलको पछिल्लो सिजन ललित लिग विजेता टिम धनगढी टिम चौराहाको लागि खेलेका थिए ।
आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड, ललित राजबंशी काठमाडौँ गोल्डेन्स, पवन सर्राफ धनगढी स्टार्स, भिम शार्की रुपन्देही च्यालेञ्जर्सका लागि २ लाख ५० हजारमा अनुबन्धित भएका छन् ।
प्रदिप ऐरि २ लाख ४० हजारमा रुपन्देही च्यालेञ्जर्समा अनुबन्धित हुँदा २ लाख ३० हजारमा सीवाईसी अत्तरियामा सन्दिप जोरा, सोहि मुल्यमा रोहित पौडेल महेन्द्रनगर युनाईटेडमा अनुबन्धित भएका छन् ।
भुवन कार्की २ लाख १० हजारमा सीवाईसी अत्तरियामा अनुबन्धित भर्एएका छन् । देब्रे हाते स्पिनर तथा अलराउण्डर भुवन कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजार रुपैयाँमा खरिद गर्यो । गत सिजन भुवन महेन्द्रनगर युनाईटेडको लागि खेलेका थिए ।
धनगढी स्टार्सले लिएका खेलाडीहरु
१. दीपेश श्रेष्ठ ८०,०००
२. सौरभ खनाल १६०,०००
३. विपिन खत्री ९५,०००
४. हरिबहादुर चौहान ९५,०००
५. अमित श्रेष्ठ १८०,०००
६. राजु रिजाल ७५,०००
७. रोविन श्रेत्री ३५,०००
८. सन्दीप रजाली ४०,०००
९. सुनील धमला १८०,०००
१०. पवन सर्राफ २५०,०००
११. धिरज शाही ३०,०००
१२. कृष्ण ऐर ३०,००० (स्थानीय खेलाडी)
काठमाडौं गोल्डेन्सले लिएका खेलाडीहरु
१. विक्रम भुसाल १६०,०००
२. अभिनव यादव ३०,०००
३. रशिद खान १७०,०००
४. ललित राजवंशी २५०,०००
५. नन्दन यादव ५०,०००
६. अनिल साह १७०,०००
७.सोनु तामाङ ६५,०००
८.सूर्य तामाङ ५०,०००
९.योगेन्द्र कार्की ७०,०००
१०.मेहवुव आलम ५०,०००
११.सुधीर चौधरी ३०,०००
१२.विक्रम ठगुन्ना ३०,०००
सीवाईसी अत्तरियाले लिएका खेलाडीहरु
१.जितेन्द्र ठकुरी ७५,०००
२.भूवन कार्की २१०,०००
३.दिपेन्द्र रावत ३०,०००
४.प्रेम तामाङ ५०,०००
५.आदिल अन्सारी ३०,०००
६.रामनरेश गिरी ७५,०००
७.कमल सिंह ऐरी ९०,०००
८.सन्दीप जोरा २३०,०००
९.खगेन्द्र जोशी ३०,०००
१०.सुवेन्दु पान्डे ५०,०००
११. रित गौतम ३०,०००
१२.ज्ञानेन्द्र कुँवर ३०,०००
रुपन्देही च्यालेन्जर्सका खेलाडीहरु
१.ललितसिंह भण्डारी २५०,०००
२.प्रदीप ऐरी २४०,०००
३.पुरन बिक ५०,०००
४.सन्दीप सुनार ११०,०००
५.अनिल खरेल ३०,०००
६.सुमित महर्जन ७५,०००
७.विनोद भण्डारी २५०,०००
८.कृष्ण कार्की १०,००००
९.सुरज दराई ३०,०००
१०.विक्रम सोव ६०,०००
११.भीम सार्की २५०,०००
१२.शेर मल्ल ३०,०००
विराटनगर किंग्सका खेलाडीहरु
१.कुशल भुर्तेल १६०,०००
२.अर्जुन अधिकारी ३०,०००
३.किशोर महतो १००,०००
४.संसाद शेख ७५,०००
५.राजेश पुलामी मगर ७५,०००
६.आशिफ शेख १८०,०००
७.पृथु बाँस्कोटा १२०,०००
८.हरिशंकर साह ९०,०००
९.सुशान भारी १००,०००
१०.अमृत गुरुङ ३०,०००
११.तृतराज दास ३०,०००
१२.सुवास ऐर ३०,०००
महेन्द्रनगर युनाइटेडका खेलाडीहरु
१.अविनाश बोहोरा १७०,०००
२.आरिफ शेख २५०,०००
३.अमरसिंह राउटेला १२०,०००
४.सागर ढकाल १००,०००
५.दीपेन्द्र चन्द ३०,०००
६.दिलिप नाथ ७५,०००
७.रोहितकुमार पौडेल २३०,०००
८.साहव आलम ७०,०००
९.सन्तोष भट्ट ३०,०००
१०.सिद्धान्त लोहनी ७०,०००
११.कुशल मल्ल ५०,०००
१२.सुशील खड्का ३०,०००
(सबै रकम नेपाली रुपैयाँमा)