डीआईजीमा बढुवाका लागि ११ एसएसपीको सिफारिस (नामसहित)

| 2018 Oct 07 | 06:36 am 2199

काठमाडौं, असोज २१: गृह मन्त्रालयको बढुवा समिति सचिवालयले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा सिफारिसका लागि शनिवार बसेको समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमेजिम बढुवा सिफारिस गरेको जानकारी दिएको छ।

समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ भने विकास श्रेष्ठलार्इ दुई नम्बरमा डिआईजीका लागि बढुवा सिफारिस गरेको छ।

सिफारिस हुने अन्यमा क्रमश: ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्याय रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.