डिपिएल ३ को सर्वोत्कृष्ट खेलाडी बने दिपेन्द्र

रिपोर्ट नेपाल | 2019 Feb 23 | 06:53 pm 1649

धनगढी, फागुन ११ : धनगढी प्रिमियर लिग तेस्रो संस्करणको (डिपिएल) टी–२० क्रिकेटमा सिवाइसी अत्तरियाको कप्तानी सम्हालेका दिपेन्द्र सिंह ऐरी प्रतियोगितको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् ।

आफ्नो टोलीलाई पहिलो पटक डिपिएलको उपाधि दिनाउन महत्वपूर्ण भुमिका खेलेका ऐरी प्रतियोगितको भ्यालुएबल प्लेयर घोषित भएका हुन्।

आफ्नो टोलीलाई जित दिलान उनले ७ खेल खेल्दै १ सय ६८ रन जोडेका थिए । उनी एउटै खेलमा सर्वाधिक रन बटुल्ने खेलाडी समेत हुन । उनले रुपन्देही च्यालेन्जर्सविरुद्धको खेलमा सर्वाधिक ६७ रन जोडेका थिए ।

यस्तै ऐरीले प्रतियोगिता भरी १० विकेट समेत लिएका थिए । यससँगै ऐरीले गोल्डेन बुट र एक लाख नगद पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यनको उपाधि सन्नी पटेलले जिते ।

उनले ७ खेल खेल्दै प्रतियोगिता भरी २ सय २ रन जोडे । सन्नीले सात खेलमा ९ विकेट समेत लिएका थिए । सन्नी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै सन्नीले समग्रहमा तीन लाख जिते ।

भुवन कार्की प्रतियोगिताको उत्कृष्ट बलर चुनिए । उनले प्रतियोगिता भरी ७ खेल खेल्दै १४ विकेट लिएका थिए । कार्कीले एक लख नगद पुरस्कार प्राप्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.