डिना उपाध्यायकाे अध्यक्षतामा पद्मकन्या क्याम्पसमा ‘अल्मुनाइ’ गठन

रिपोर्ट नेपाल | 2018 Aug 27 | 04:22 pm 1916

काठमाडौं, भदौ ११ : पद्मकन्या बहुमुखी क्याम्पसमा ‘अल्मुनाई नेपाल’ गठन गरिएको छ। बागबजारस्थित रहेको क्याम्पसमा क्याम्पसका पूर्व विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गराई शैक्षिक, सामाजिक लगायतका मुद्दालाई अगाडि बढाउने उद्देश्यले ‘अल्मुनाई’ गठन गरिएको हो।

सोमबार स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति डिना उपाध्यायको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति गठन गरिएको छ। उपाध्यक्षमा रिना उप्रेती, महासचिव प्रतिमा गौतम, सचिव जमुना केसी र कोषाध्यक्षमा बिनिता अधिकारी रहेका छन्।

यसै गरी सदस्यहरूमा स्ववियूूका पूूर्ब पदाधिकारीहरू रहेका छन् । जस अनुसार कमला पन्त, अञ्जली श्रेष्ठ, उर्मिला पंजियार, टीका चौधरी, गोमा उप्रेती, समिता खड्गी, तुलसा पन्त, दीपा सिवाकोटी, हरिप्रिया पाण्डे, इन्दिरा तिवारी,बिपना पण्डित, कल्पना कार्की र एञ्जिला न्यौपाने रहेका छन्।

अल्मुनाईले कञ्चनपुरमा निर्मला पन्तमाथि भएको बलात्कारको घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यसै गरी आगामी भदौ २१ गते तिजको अवसर पारेर क्याम्पसमा तिज विशेष कार्यक्रम गर्ने निर्णय गरेको महासचिव प्रतिमा गौतमले जानकारी दिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.