डिजेल, मटितेलको मुल्य १ रुपैयाँ घट्याे

रिपोर्ट नेपाल | 2020 Oct 02 | 07:17 am 2401

काठमाडाैं, असाेज १६ः नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार (१ अक्टोबर २०२०) मा प्राप्त खरिद मूल्यअनुसार डिजेल, मटितेलको खुद्रा बिक्री मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको जनाइएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.