डिएसपी मरासिनी आइजीपीबाट सम्मानित

| 2022 Jan 28 | 05:32 pm 19677

कास्की, माघ १४ः जिल्ला प्रहरी कार्यालय कास्कीको मातहतमा रहेको इलाका प्रहरी कार्यालय शिसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीलाई उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा पत्र प्रदान गरिएको छ ।

No description available.

जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब उपरीक्षक मरासिनीलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

महानिरीक्षक थापा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको हस्ताक्षर रहेको प्रशंसा पत्रमा नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट तवरबाट सम्पादन गरेको उल्लेख गरिएको छ ।

स्मरण रहोस नायब उपरीक्षक मरासिनी यस अघि म्याग्दीको प्रमुख रहँदा समेत जनताको प्रिय अधिकृत बनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.