-
गणेश सापकोटा
चितवन, जेठ २: हरेक चिजको अभाव उसको अनुपस्थितिमा हुन्छ भनेझै यतिखेर पूर्वी चितवनको टाँडीमा रहेको इलाका प्रहरी कार्यालयमा झण्डै एक वर्ष कमाण्ड सम्हालेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीको अभाव खड्कीएको छ ।
झण्डै झण्डै एघार महिनाको यो दौरानमा पूर्वी चितवनका अवैधधारी र गैह्र कानुनी काम गर्ने अपराधिको निद हराम भएको चितवनको पूर्वी इलाकामा यतिखेर डिएसपी ज्ञवालीको सरुवासँगै तस्करदेखि अवैधधारीले भोज भतेर गरेका छन् भने चिर निन्द्रामा सुत्न थालेका छन् ।
प्राय टाँडी आउने प्रहरी कमाण्डरको पहिलो आँखा जाने पर्यटकीय स्थल सौराहमा डिएसपी ज्ञवाली बसेको एघार महिनासम्म स्वच्छ व्यवसाय गर्नेलाई प्रोत्साहन र सहयोग गर्ने काम बाहेक ज्ञवालीले अन्य केही गरेनन् । हरेक दिन एक न एक अपराधिक घटना घटीरहने टाँडीमा ज्ञवाली आएपछि एक किसिमको रामराज्य छाएको भन्दा फरक पर्दैन ।
अवैध काम गर्नेको दोहोलो काढ्ने डिएसपी ज्ञवाली आएको केही दिनदेखि तस्करको आँखाको कसिंगर बनेका थिए । उनले गरेको जनपक्षिय काम देखि आफूलाई जनप्रतिनिधि भन्नेहरु पनि भित्रभित्रै कुडिएर बस्न बाध्य रहेका थिए । उनको काम गर्ने शैली र थेग्न सक्ने दबावबाट अत्तालिएका केही तत्व उनी टाँडी आएको एक महिनामै सरुवा गर्न केन्द्रतिर नधाएका होइनन् ।
जुवा तासको अखडा मानिने पूर्वी चितवनमा ज्ञवाली आएपछि मोबाइलमा समेत तास खेल्न जुवाडेहरुले छाडेका थिए । खोलालाई दोहन गरेर रातारात करोडपति बन्ने मातृभूमिका बलात्कारीहरु पनि यो बीचमा हराएका थिए । अवैध मदिरा उत्पादन गरी सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्नेका विरुद्ध पनि ज्ञवालीले सफल अप्रेशन चलाएका थिए ।
जसका कारण एक लाख लिटर भन्दा माथि घरेलु अवैध मदिरा नष्ट गरिएको थियो । लागूऔषधलाई जरैबाट नियन्त्रण गर्ने अभियान चलाएका ज्ञवालीलाई सेवन कर्ताका अभिभावकले स्याबासी दिएका कुरा पनि यो पंतिकार राख्न चाहान्छ । काठ तस्करीको जालो च्यात्न सफल भएका ज्ञवालीले छोटो अवधिमा बलात्कारी लगायत फरार अभियुक्तलाई नियन्त्रणमा लिई कानुनको कठघरामा उभ्याउन पनि उनी सफल भएका थिए ।
सधै आफूले काम गरेको नभनेर जवानदेखि सकल दर्जाका सबै कर्मचारीको सहयोगले काम भएको सगर्व बताउने ज्ञवालीको जस्तै काम र नाम आउने कमाण्डरले पनि राखुन भन्ने पूर्वी चितवनका आम नागरिकले चाहेका छन् ।