डिएसपीलाई घुस दिन खोज्‍ने ‘गोरु तस्कर’ पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 28 | 04:41 pm 2131

काठमाडौं, १३ पुस : ईलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुई जना ‘गोरु तस्कर’ लाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार डिएसपी सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि पक्राउ पर्नेहरुमा हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापा रहेका छन् ।

‘सबै ठाउँमा मिलिसक्यो तपाई यो पैसा लिनुस्’ भन्दै आफ्नो कार्यकक्षमा आएका गोरु कारोबारीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश सिंहले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देवान र थापाले बाँकेबाट दाङ हुँदै भारततर्फ अवैध रुपमा गोरु तस्करी गर्ने गरेको खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.