काठमाडाैं, माघ १२ः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अशोक सिंहबाट अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ ।
निरीक्षणको क्रममा भौतिक पूर्वाधारहरुको स्तर तथा अस्पताल व्यवस्थापन सम्बन्धि अस्पतालका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डा. सबिता सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढीको समग्र वस्तुस्थिति सम्बन्धि जाहेर गरेका थिए ।
अन्त्यमा प्रहरी नायव महानिरीक्षक सिंहबाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई विभागिय आवश्यक निर्देशन समेत दिएका थिए ।